यस्तो छ नाडा अटो शोमा भेटिएको ४५ लाख रुपैयाँ पर्ने बाइक (भिडियोसहित)



काठमाडौं । राजधानीमा आजदेखि शुरु भएको नाटा अटो शो–२०१८ का आकर्षणहरुमध्ये एक हो– ४५ लाख रुपैयाँ पर्ने बाइक । अटो शो अवलोकन गर्न जाने अवलोकनकर्ताहरुलाई यसको मूल्यले अचम्मित बनाएको छ ।

नबनाओस् पनि कसरी हेर्दा सामान्य देखिने बाइकको मूल्य ४५ लाख रुपैयाँ भनेको सुनेपपछि ।

अबलोकनकर्तालाई अचम्मित पार्ने त्यो बाइक हो -अमेरिकी कम्पनी हार्ले डेभिडसनको आइरन ८८३ टीएम । नेपालमा यो बाइक पूर्वयुवराज पारसले चढ्ने गरेका छन् । त्यसबाहेक पनि केही व्यक्तिहरुले चढ्ने गरेको बताइन्छ ।

खानदानी परिवारले मात्रै चढ्न सक्ने यो बाइकको विशेषता के छ ? अटो शोमा रहेका कम्पनीका प्रतिनिधि भन्छन्– यसको प्रविधिनै फरक छ । प्रविधिको उच्चतम प्रयोग गरिएकाले हार्ले डेभिडसन भन्ने ब्राण्ड महंगो भएको हो ।

२१८५ मिलिमिटर लामो यो बाइकको तौल २४७ किलो छ । सिटको उचाइ ७६० मिलिमिटर छ । साढे १२ लिटर इन्धन जान्छ । स्वचालित एरकुलर छ, जसले इञ्जिन तात्नै दिँदैन ।

नेपालका लागि हार्ले डेभिडसनको आधिकारिक बिक्रेता आइएमइ अटोमोटिभ्स प्रालि हो ।


पुष्प दुलाल