६.७७ अंकले बढ्यो नेप्से, ३३ करोडको कारोबार
काठमाडौं । सातको पहिलो र दोश्रो दिन ओरालो लागेको नेप्से परिसूचक आज तेश्रो दिन भने उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज मंगलबार ६.७७ अंकले बढेको हो । ०.५६ प्रतिशत कारोबार हुँदा परिसूचक १२१७.६५ बिन्दुमा पुगेको छ ।
सेयर बजारमा आज १६७ कम्पनीले कारोबार गरेका छन् । १० लाख ९७ हजार ९ सय ११ कित्ता सेयर किनबेच हुँदा ३३ करोड ३२ हजार ७ सय ६३ रुपैंयाको कारोबार भएको छ ।
नेप्सेका दुई सूचक राता देखिएका छन् भने बाँकी सूचकमा हरियाली छायो ।
बैंक ७.२३, ट्रेडिङ ०.८४, होटल ४९.४८, विकास बैंक १५.६४, जलविद्युत २.८५, उत्पादनमूलक २४.७, अन्य ३.७२, माइक्रोफाइनान्स ११.८ र जीवन बीमा १८.६३ अंकले बढेका छन् । वित्तीय ०.२६, निजीर्वन बीमा ६५.२८ अंकले घटेका छन् ।
किसान माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतले सबैभन्दा धेरै नाफा कमाइका छन् । यस्तै, राष्ट्रिय बीमा कम्पनी लिमिटेड प्रमोटर सेयरका लगानीकर्ताले ७.८५ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।