नेपाल बैक लिमिटेडको एफपिओ वाँडफाँड, रीतपूर्वक आवेदन दिने सबैले पाए



काठमाण्डौ । नेपाल बैंक लिमिटेडले केही पहिले खुला गरेको १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता शेयरको थप सार्वजनिक निष्काशन (एफपिओ) रीतपूर्वक आवेदन गर्ने सबैले प्राप्त गर्ने गरी वाँडफाँड गरिएको छ ।

२ अर्ब ६२ करोड ५२ लाख १० हजार बरावरको ९३ लाख ७५ हजार ७५० कित्ता शेयर आस्वा पद्धतिबाट सर्वसाधारणलाई र २ अर्ब ३२ करोड ६५ लाख ५० हजार २ सय ४० बरावरको ८३ लाख ९ हजार १ सय ८ कित्ता शेयर प्रत्याभुतिकर्ता (अन्डरराईटर) लाई वितरण गरिएको छ ।

यसअघि बैंकले १ सय अंकित मूल्यमा१८० थप गरी प्रतिकित्ता २८० मा १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ताका शेयर थप सार्वजनिक निष्काशन निम्ति श्री सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर नक्साललाई धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकका रुपमा नियुक्त गरेको थियो ।

निष्काशित शेयरहरुहरुको ग्लोवल आईएमई क्यापिटल लि., नेपाल एसविआई मर्चेन्ट बैकिंग लि,एनआईविएल एस क्यापिटल लि., सिभिल क्यापिटल मार्केट लि., सनराईज क्यापिटल लि., लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, सानिमा क्यापिटल लिमिटेड सिविआईएल क्यापिटल लिमिटेड सहितका नेपालका ८ वटा प्रतिष्ठित मर्चेन्ट बैंकहरुले शतप्रतिशत प्रत्याभूति गरेका थिए ।

वि.सं. १९९४ मा स्थापित नेपाल बैक लिमिटेड नेपाल सरकार र निजी क्षेत्रको संयुक्त लगानीको समेत पहिलो बैक हो । यसअघि बैकमा नेपाल सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत शेयर स्वामित्व रहेकोमा उक्त एफपिओ वाँडफाड पश्चात नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर कायम हुन आएको छ ।


क्लिकमान्डु