नेप्से परिसूचक ८.१० अंकले घट्यो, २७ करोडको कारोबार



काठमाडौं । साताको दोश्रो दिन सोमबार नेप्से परिसूचक ८.१० अंकले घटेको छ । ०.६६ प्रतिशतले परिसूचक घट्दा १२१०.८८ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाए अनुसार आज १ सय ६२ कम्पनीका ११ लाख ५९ हजार २ सय ७२ कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा २९ करोड ७४ लाख २२ हजार ९ सय ६७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज उत्पादनमूलक समूह २४.६८ र माइक्रोफाइनान्स समूह १३.३१ अंकले बढेका छन् भने यी बाहेक सबै समूह राताम्य भएका हुन् ।

आज बैंकिङ समूह ९.६३, होटल समूह ४५.९५, विकास बैंक समूह १०.२८, जलविद्युत समूह १०.७५, वित्तीय समूह ३.३२, निर्जीवन बीमा समूह ५८.५९, जीवन बीमा समूह २०.१८ र अन्य समूह ३.६७ अंकले घटेका हुन् ।

आज हाथवे फाइनान्स कम्पनीले सबैभन्दा बढी कारोबार गरेको छ । कम्पनीले २ करोड ९८ लाख ३६ हजार ३ सय रुपैयाँको टर्नओभर गरेको हो ।

सपोर्ट माइक्रो फाइनान्स वित्तिय संस्थाले सबैभन्दा बढी कमाई गरेको छ । संस्थाले ९.६३ प्रतिशतले कमाएको हो । ग्रीन डेभलपमेन्ट बैंकले आज सबैभन्दा बढी गुमाएको छ । बैंकले ९.५२ प्रतिशतले गुमाएको हो ।

यस्तै आईतबार नेप्से परिसूचक १०.७१ अंकले घटेको थियो । सो दिन ०.८८ प्रतिशतले परिसूचक घट्दा १२१८.१८ बिन्दुमा पुगेको थियो । उक्त दिन ३२ करोड ७० लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।


क्लिकमान्डु