आइएमइ लाइफको सीइओमा श्रीचन्द्र भट्ट नियुक्त



काठमाडौं । आइएमइ लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । भट्टले आफ्नो बैंकिङ्ग करियर नेपाल इन्भेष्टमेन्ट बैंकबाट १९९८ मा सुरुवात गरी २०११ सम्म आइपुग्दा सहायक महाप्रबन्धकको रुपमा काम गरिसकेका छन् ।

त्यसैगरी, भट्टले मेघा बैंक लिमिटेडमा करिब ६ महिना नायब प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरेका थिए । पछिल्लो समयमा भट्ट बिभिन्न बैंक तथा वित्तीय संस्था लगायत इन्स्योरेन्स कम्पनीहरुमा आबद्ध थिए ।

कम्पनीको सञ्चालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदको सपथ गह्रण गर्दै भट्टले आफुसँग रहेको अनुभबको प्रचुर रुपमा प्रयोग गरी कम्पनीलाई नयाँ आयाम दिने प्रतिवद्धता व्यक्त गरे ।


पुष्प दुलाल