साताको पहिलो दिन दोहोरो अंकले घट्यो नेप्से, ३२ करोडको कारोबार



काठमाडौं । गतसाता बढेको नेप्से परिसूचकमा यो साताको पहिलो दिन आज दोहोरो अंकले गिरावट आएको छ । आज १०.७९ अंकले नेप्से घटेको हो । ०.८८ प्रतिशतले घट्दा परिसूचक १२१८.९८ बिन्दुमा पुगेको छ ।

आज सेयर बजारमा १६६ कम्पनीले कारोबार गरेका छन् । १२ लाख ७२ हजार १ सय ८ कित्ता सेयर किनबेच हुँदा ३२ करोड ७० लाख २५ हजार ७ सय ४१ रुपैंयाको कारोबार भएको छ ।

आज सबै सूचकमा रातो पोतिएको छ । बैंक ७.१६, ट्रेडिङ ०.४२, होटल ४.२३, विकास बैंक १५.३२, हाइड्रो पावर १४.४३, वित्तीय १.०३, निर्जीवन बीमा ८५.९४ र अन्य ८.०८ अंकले घटेका छन् ।

त्यसैगरी, उत्पादनमूलक ६.८१, माईक्रोफाइनान्स २४.९३ र जीवन बीमा ६७.४३ अंकले घटेका छन् ।

आज जानकी फाइनान्स लिमिटेका लगानीकर्ताले ९.६० प्रतिशतले सबैभन्दा धेरै कमाई गरेका छन् । यस्तै, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले ९.३५ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।


क्लिकमान्डु