प्रधानमन्त्री ओलीको निर्देशन सिंहदरवारमा सिमित, पुरा भएन ५० दिनमा चावहिल बौद्ध तथा कलंकी थानकोट सडक



काठमाडौं । जेठ २७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले ५० दिनभित्रमा चावहिल जोरपाटी बौद्ध सडक तथा कलंकी थानकोट सडकको देखिने गरेर सुधार गर्न निर्देशन दिए ।

दुईतिहाई बहुमतको शक्तिशाली सरकारका प्रधानमन्त्री ओलीले मिती नै तोकेर दिएको निर्देशन पुरा हुने विश्वास स्थानीयको थियो ।

तर,प्रधानमन्त्री ओलीले समय सिमा तोकेर दिएको निर्देशनको आज ५० दिन पुरा भयो । तर,प्रधानमन्त्री ओलीले दिएको निर्देशनले चावहिल,बौद्ध तथा कंलकी थानकोट सडकमा देखिने गरेर सुधार भएन

अवस्था यतीसम्म भयो । यो बीचमा नेपालले बिमस्टेकको सम्मेलनको आयोजना गर्यो । बिमस्टेक सम्मेलनमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखलाई गोकर्ण रिसोर्टमा रिट्रिट दिने निर्धारण गरियो । सो अनुसार चावहिलदेखि गोकर्ण रिसोर्टसम्म पुग्ने बाटो बनाउने काम सुरु भयो । तर,समयमा बाटो निर्माण नभएपछि गोकर्णमा दिने भनिएको रिट्रिट स्थगित भयो ।

प्रधानमन्त्रीले दिएको निर्देशनले काम भने गरेन । अहिलेपनि चावहिल जोरपाटी,बौद्ध सडकमा सुधार देखिएन । कलंकीदेखि थानकोट जाने सडकको अवस्थामा भने कुनैपनि फरक छैन ।


क्लिकमान्डु