यो साता ३९.४९ अंकले बढ्यो नेप्से, २ अर्ब ८८ करोडको कारोबार




काठमाण्डौ । लगातार ओरालो लाग्दै आएको नेप्से परिसूचक यो साता बढेको छ । सेयर बजारमा कारोबार हुने साताका ५ दिन मध्ये ४ दिन परिसूचक बढेसँगै कारोबार पनि बढेको थियो । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले घटेपनि समग्रमा बढेको छ । जसले गर्दा सेयर लगानीकर्ताहरु उत्साहित भएका छन् ।

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २२.९३ अंकले बढेको थियो । सो दिन नेप्से परिसूचक १२१३ बिन्दुमा पुगेको थियो । ३० करोड ३५ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार नेप्से परिसूचक १५.९८ अंकले बढेको थियो । सो दिन १.३४ प्रतिशत बढ्दा परिसूचक १२०६.२६ बिन्दुमा पुगेको थियो । ५४ करोड ६० लाख २१ हजार बराबरको कारोबार भएको थियो ।

यस्तै, मंगलबार नेप्से परिसूचक ३१.६९ अंकले बढेको थियो । २.६२ प्रतिशतले बढेको नेप्से परिसूचक १२४१.९३ अंकमा पुगेको थियो । सो दिन ५३ करोड ६ लाख ९७ हजार बढीको खरिद विक्री भएको थियो ।

यसैगरी, सातको बुधबार नेप्से परिसूचक २३.८९ अंकले बढेको थियो । १.९७ प्रतिशतले बढेको नेप्से परिसूचक १२३४.१३ अंकमा पुगेको थियो । सो दिन ७० करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

साताका अघिल्ला ४ दिन नेप्से परिसूचक बढ्दा उत्साहित भएका सेयर लगानीकर्ताहरु अन्तिम दिन नेप्से परिसूचक घट्दा केही निराश भए । साताको अन्तिम दिन ४.३६ अंकले परिसूचकमा गिरावट आएको थियो । यो साताको अन्तिम दिन बजार बन्द हुँदा ०.३४ प्रतिशतले घट्दा परिसूचक १२२९.७७ विन्दुमा पुगेको छ । बिहीबार नेप्सेमा ७९ करोड ३३ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक साताको पहिलो दिनको तुलनामा ३९.४९ अंकले बढेर १२२९.७७ अंकमा पुगेको हो ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १९३ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३२२८५ कारोबारबाट दुई अर्ब ८८ करोड ५४ लाख ९० हजार रुपैयाँ बराबरका एक करोड दुई लाख ५५ हजार छत सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा २५९.३४ प्रतिशत बढी हो । गत साता १८० कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ११७८८ कारोबारबाट ८० करोड ३० लाख सात हजार रुपैयाँ बराबरका २५ लाख ४२ हजार सात सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यो साता समूहगत परिसूचकहरुको उतारचढाव निम्नानुसार रह्यो :

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ८.५५ अंकले बढेर २६०.३५ अंकमा आईपुगेको छ । यो साता कारोबार रकम (२२ करोड ५० हजार रुपैयाँ) को आधारमा एनएमबि बैंक लिमिटेड सेयर अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (छ लाख ६४ हजार कित्ता) र कारोबार संख्या (१५४६ वटा) को आधारमा पनि एनएमबि बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रहेको थियो । यो साता भदौ १७ गतेदेखि २१ गतेसम्म ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनैपनि कारोबार नभएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेप्सेका अनुसार यो साता यी ३ कम्पनीको शेयर सूचीकृत भएको छ ।


क्लिकमान्डु