नेपालबाट ९ हजार बिजुली खरिद गर्ने बंगलादेशको योजना सार्वजनिक



ढाका । बंगलादेश सरकारले नेपालबाट ९ हजार मेगावाट बिजुली खरिद गर्ने भएको छ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन बंगलादेश भ्रमणमा रहेका बेला बंगलादेशले यस्तो योजना सार्वजनिक गरेको हो ।

उसले सन् २०४० भित्र ९ हजार मेगावाट नेपालबाट विजुली खरिद गर्ने योजना अघि सारेको हो । बंगलादेशको पावर, उर्जा र मिनरल रिसोर्स मन्त्रालय अन्र्तगतको पावर डिभिजनले सार्वजनिक गरेको योजनामा नेपालबाट सन् २०४० भित्र ९ हजार मेगावाट विजुली आयात गर्ने उल्लेख छ ।

ढाकामा विहिवारबाट सुरु भएको पावर एण्ड इनर्जी वीक सम्मेलनको उद्घाटन समारोहमा बोल्दै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपालबाट विजुली आयात गर्ने योजना अघि बढेको भन्दै छिट्टै त्यसले मुर्त रुपमापाउने दाबी गरिन् ।

उनले भनिन्–‘नेपाल र भुटानबाट विजुलीआयातगर्ने हाम्रो कोशिस जारी छ, नेपालसंग यसैलाई मद्दत पुग्ने गरी हामीले गत महिना एमओयुमा हस्ताक्षर गरिसकेका छौ’ उनले बंगलादेश, भारत र भुटानबीच छिट्टै त्रिपक्षीय समझदारीमा हस्ताक्षर हुने जानकारी समेत दिइन् ।

उर्जामन्त्री पुनले नेपालमा उत्पादित विजुलीको लागि बजारको समस्या नपर्ने भन्दै नेपालको जलविद्युत क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गर्दै आएका छन् ।

उर्जामन्त्रीपुनले आगामी १० बर्षमा नेपालले १५ हजार विद्युत उत्पादन गर्ने सरकारको योजना रहकोे भन्दै आफुहरु बंगलादेशमा विद्यूत निर्यात गर्न तयार रहेको धारणा राखे ।

बंगलादेशको तीनदिने भ्रमणका क्रममा ढाका पुगेका मन्त्रीपुनले उर्जा र जलविद्युत क्षेत्रमा गर्ने सहकार्यबारे शुक्रबार आफ्ना समकक्षीसंग द्धिपक्षीय वार्ता गर्ने कार्यक्रम छ । उनले शुक्रबार नै प्रधानमन्त्री शेख हसिनासंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।


क्लिकमान्डु