नेप्सेमा ६८ लाख कित्ता सेयर सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा विभिन्न कम्पनीका बोनस तथा हकप्रद सेयर गरेर ६८ लाख कित्ता सेयर सूचिकृत भएका छन् ।

एशियन लाइफ एन्स्योरेन्स कम्पनीको ४ लाख ८३ हजार ३ सय ५५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै, प्रभु बैंकको २३ लाख २६ हजार २ सय ७८ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेका अनुसार ग्रीन डेभलपमेन्ट बैंकको ४० लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।


क्लिकमान्डु