साताको अन्तिम दिन ४.३६ अंकले घट्यो नेप्से, लगानीकर्ताहरु फेरी निराश



काठमाडौं । साताको पहिलो दिन आतबारदेखि लगातार बढिरहेको नेप्से परिसूचक आज भने घटेको छ । नेप्से परिसूचकका ३ वटा समूह बाहेक सबैमा आज रातो रङ पोतियो ।

साताका अघिल्ला ४ दिन नेप्से परिसूचक बढ्दा उत्साहित भएका सेयर लगानीकर्ताहरु अन्तिम दिन आज फेरि नेप्से घट्दा निराश भएका छन् ।

आज बिहान १ बजेसम्म ८ अंकसम्म घटेको नेप्से परिसूचक बीचमा २ बजे फेरी ३ अंकसम्म बढेको थियो । ३ अंकबाट २ अंकमा झर्दै गएको परिसूचक बजार बन्द हुने समय ३ बजेसम्म आइपुग्दा ४.३६ अंकमा आएर रोकिएको हो ।

आज बजार बन्द हुँदा ०.३४ प्रतिशतले घट्दा परिसूचक १२२९.७७ विन्दुमा पुगेको हो ।

आज १ सय ७४ कम्पनीका ३२ लाख २८ हजार ५ सय ६९ कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा ७९ करोड ३३ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ट्रेडिङ समूह, उत्पादकमूलक समूह र अन्य समूह बाहेक सबैमा घटेका छन् । ट्रेडिङ समूह ३.७६, उत्पादनमूलक समूह ०.४१ र अन्य समूह १४.०५ अंकले बढेका हुन् ।

बैंकिङ समूह ५.०९, होटल समूह ४.९४, विकास बैंक समूह १५.०९, जलविद्युत समूह १५.९६, वित्तीय समूह ३.२२, निर्जीवन बीमा समूह ८४.०७, माईक्रोफाइनान्स समूह १५.०८ र जीवन बिमा समूह ३८.८२ अंकले घटेका हुन् ।

यसैगरी सातको बुधबार नेप्से परिसूचक २३.८९ अंकले बढेको थियो । १.९७ प्रतिशतले बढेको नेप्से परिसूचक १२३४.१३ अंकमा पुगेको थियो । सो दिन ७० करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यस्तै, मंगलबार नेप्से परिसूचक ३१.६९ अंकले बढेको थियो । २.६२ प्रतिशतले बढेको नेप्से परिसूचक १२४१.९३ अंकमा पुगेको थियो । सो दिन ५३ करोड ६ लाख ९७ हजार बढीको खरिद विक्री भएको थियो ।

त्यसैगरी सोमबार नेप्से परिसूचक १५.९८ अंकले बढेको थियो । सो दिन १.३४ प्रतिशत बढ्दा परिसूचक १२०६.२६ बिन्दुमा पुगेको थियो । सो दिन ५४ करोड ६० लाख २१ हजार बराबरको कारोबार भएको थियो ।

यस्तै, साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २२.९३ अंकले बढेको थियो । सो दिन नेप्से परिसूचक १२१३ बिन्दुमा पुगेको थियो । आइतबार ३० करोड ३५ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।


क्लिकमान्डु