माथिल्लो तामाकोशीको आइपीओ भर्ने आज अन्तिम दिन



काठमाडौं । माथिल्लो तामाकोशी हाइड्रोपावरको आईपिओका लागि आज आवेदन दिन आजदेखि बन्द हुँदैछ । साउन १६ गतेदेखि दोलखाबासीका लागि आयोजनाले एक अर्ब ५ करोड बराबरको १ सय रुपैयाँ अंकित दरका १ करोड ५ लाख ९० हजार कित्ता आइपिओ निष्काशन गरिएको थियो ।

भदौ १ गतेसम्मका लागि खोलिएको उक्त आवेदन फेरी स्थानीय बासिन्दाको आग्रहमा सेयर भर्ने म्याद थप गरिएको थियो । उक्त आइपिओमा न्यूनतम ३० कित्ता देखि अधिकतम ३ सय कित्रासम्मका लागि आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको मुख्य कार्यालय गोंगबु, चरिकोट, सिंगटी जिरी, मैनापोखरी, किर्ने, गुरुम्फी, मेलुङ र बाघखोरका २६ वटा बैंकका शाखाहरुबाट आवेदन दिन सकिने छ ।

सेयर आवेदन खोल्न इच्छुक जिल्लाबासीको डिम्याट एकाउन्ट अनिवार्य हुनु पर्नेछ । डिम्याट एकाउन्ट नभएको खण्डमा अनिवार्य जन्मदर्ता प्रमाणपत्रको आधारमा समेत आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।

आयोजनाबाट दोलखाबासीका लागि अतिप्रभावित, कम प्रभावित र प्रभावित गरी २ वटा सूचीमा वर्गिकरण गरेर आवेदन भर्ने व्यवस्था मिलाइएको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नागरिक लगानी कोष र सह विक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।


क्लिकमान्डु