जुम्ली स्याउ काठमाडौंमा, बोटमै पाकेको स्वादिलो स्याउ पाइने
काठमाडौं । गतवर्ष केही अघिनै काठमाडौंमा भित्रिएको जुम्लाको अर्गानिक स्याउ यो पटक बुधबारबाट बजारमा उपलब्ध हुँदै छ । विगत ६ वर्षयता स्थानीय कृषकको सक्रियतामा एप्पल गार्डेनको नामबाट जुम्लाको स्याउ सर्वसुलभ मुल्यमा उपभोक्ता माज पुग्दै आएको छ ।
काठमाडौंमा पछिल्लो समय चाइनिज र भारतीय स्याउले बजार लिइरहेको समयमा केही मात्रामा भएपनि नेपालको स्थानीय स्याउ राजधानी भित्रीएसँगै उपभोक्ताहरु नेपाली स्वादको स्याउ खान पाउने भएका छन् ।
भारतीय र चिनियाँहरुरुको स्याउहरु टिपेको लामो समयपछि काठमाडौं आइपुग्ने तथा औषधीको अत्याधिक प्रयोग भएपनि नेपाली उपभोक्तामा नेपालकै स्याउको यथेस्ट विकल्प नहुँदा विदेशी स्याउकोनै भर पर्नु पर्ने बाध्यता रहेको छ ।
यद्यपि स्याउका लागि निकै प्रशिद्ध मानिएको जुम्लामा उत्पादित स्याउको मूल्य विदेशी स्याउको तुलनामा सर्वसुलभ रहेको छ । पछिल्लो समय जुम्लामा जिल्ला कृषि कार्यलयले अग्र्यानिक उत्पादनमा जोड दिएपछि बोटमा नै पुर्ण रुपमा खान योग्न भएपछि मात्र टिप्न दिएका कारण कृषकले चाँडो स्याउ नटिपेपछि थप स्वादीले बनेको स्थानीय कृषक दलबहादुर खड्काले बताए ।
बाटो र गाडीको कठिनाईका कारण स्याउमा धेरै नाफा नहुने भएपनि आफ्नो उत्पादन बजारसम्म पुर्याउनु र निरन्तरता दिनु ठुलो कुरा भएको कृषक दिनेश खड्का बताउँछन् । उनले नै जुम्लाबाट काठमाडौंमा स्याउ बेच्दै आएका छन् ।
पछिल्लो समय जुम्लामा नै प्रतिकेजी ६० देखि ७० रुपैंयासम्ममा स्याउ विक्रि हुँदै आएको छ । काठमाडौंसम्म आइपुग्दा ठुलो मात्रामा खर्च उठ्ने भएपनि आफूहरु नाफाका लागि भन्दापनि जुम्ली स्याउको बजार प्रवर्द्धनका लागि स्याउ ल्याउने गरेको खड्काले बताए ।
‘हाम्रो उदेश्य नाफा कमाउने होइन्, स्याउमा नाफानै छैन् तर विगतका वर्षहरुमा स्याउ निरन्तर ल्याएको र यो पटक पनि धेरैको चाहाना स्वदेशी उत्पादित स्याउनै खाने भएकाले धेरै संघर्ष गरेर स्याउ काठमाडौं ल्याइ पु¥याएका छौं,’ खड्काले भने ।
उनले भने ‘यो पटक पनि बाटोको समस्या उस्तै छ । तर तुलनात्मक रुपमा कम पानि परेकाले बाटोमानै रोकिनु नपर्दा स्याउ समयमानै काठमाडौं आइपुगेको हो । पहिला २–३ दिन सम्म बाटोमानै फस्नु पथ्र्यो तर अहिले तुलनात्मक रुपमा सहज भएको छ ।’
उनले टिपेको २–३ दिनमानै स्याउ काठमाडौं भित्रिएकाले ताजा स्याउ आइपुग्दा आफु निकै उत्साही भएको बताए । उनले स्याउसँगै जुम्ली सिमी, ओखर पनि उपलब्ध हुँदै आएको जनाए ।
उनले बानेश्वरस्थित अल इन वान मार्टबाट स्याउ विक्री गरिने जानकारी दिए । उपभोक्ताले सहज मुल्यमानै स्याउ खरीद गर्दै राष्ट्रिय उत्पादन र कृषकको मेहेनतलाई सहयो गर्ने खड्काले विश्वास लिए ।