भदौ तेस्रो साता लागेपछि सेयर बजारमा हरियाली छायो, नेप्से ३२ अंकले बढ्यो
काठमाडौं । नेपाली सेयर बजारमा आज (भदौ २० गते) लगानीकर्ताको उत्साह देखिएको छ । यो समाचार तयार पार्दा (दिउसो साढे २ बजे) नेप्से परिसुचक करिब ३१ अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार सो समयसम्ममा परिसचुक ३१.६९ अंकले बढेर १२४१.९३ बिन्दुमा पुगेको छ ।
सो समयसम्ममा ५३ करोड रुपैयाँभन्दा बढीको सेयर खरिद विक्री भएका छन् ।
आज कुमारी बैंकको सेयर कारोबार बढी भएको छ । कुमारीको ४ करोड ५७ लाख रुपैयाँभन्दा बढीका सेयर खरिद विक्री भइसकेका छन् ।
यस्तै एनएमबी बैंकका ३ करोड ३५ लाख, एनआइसी एशिया बैंकका २ करोड ५० लाख, नेपाल लाइफ इन्स्योरेन्सका २ करोड २० लाख, नेपाल बैंकका १ करोड ८३ लाख र जनता बैंकका १ करोड ६७ लाख रुपैयाँभन्दा बढीका सेयर खरिद विक्री भइसकेका छन् ।
यस्तै प्राइम कमर्शिय बैंकका १ करोड ५१ लाख, मेगा बैंकका १ करोड ४६ लाख, सानिमा बैंकका १ करोड २५ लाख र ग्लोबल आइएमइ बैंकका १ करोड २५ लाख रुपैयाँभन्दा बढी मूल्यका सेयर खरिद विक्री भइसकेका छन् ।