मासिक २० लाखको जागिर खाइदिएका प्रधानमन्त्रीले सोमलालको पदकपनि खोसे




काठमाडौं । २०७४ सालको गणतन्त्र दिवसमा सरकारले मान पदवी पाउनेको नाम सार्वजनिक गर्यो । जसमा तत्कालिन मुख्यसचिव डा. सोमलाल सुवेदीले प्रसिद्ध प्रवल जनसेवा श्री पदक पाएका थिए ।

त्यो बेला प्रधानमन्त्री थिए तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

प्रचण्डपछि प्रधानमन्त्री शेरबहादुर देउवा बने । देउवा सरकारको पालामा एशियाली विकास बैंक (एडीबी) को बैकल्पिक निर्देशक बन्ने पालो आएको थियो । त्यसमा सामान्तया सहसचिव सरहका कर्मचारी जाने प्रचलन थियो । तर, सरकारले तत्कालिन मुख्यसचिव डा. सुवेदीलाई नै एडीबी पठाउने निर्णय गर्यो ।

मुख्य सचिब मन्त्रिपरिषदको सदस्य सचिब हुन्छ । डा. सुवेदी मुख्यसचिबको आफ्नो कार्यकाल पूरा नगरी राजिनामा दिएर एडीबीको बैकल्पिक निर्देशक बन्न गए । उनको यो कार्यले यसले निजामति प्रशासनमा भने धेरै ठूलो हलचल ल्याइदियो ।

निर्वाचनपछि देउवाको ठाउँमा केपी ओली प्रधानमन्त्री बने । ओलीले देउवा सरकारले एडीबीको बैकल्पिक निर्देशकमा गएका डा. सुवेदीलाई फिर्ता बोलाएर अर्थमन्त्रालयमा कार्यरत सहसचिब रामशरण पुडासैनीलाई पठाउने निर्णय गर्यो । एडिबीको बैकल्पिक निर्देशकले मासिक २० लाखको तलब सुविधा बुझ्ने गर्छन् ।

अति आकर्षक तलब सुविधा देखेर डा. सुवेदीले मुख्यसचिव पद त्यागेर एडिबी जाने निर्णय गरेका आरोप त्यो बेलै लागेको थियो । दुईवर्षे कार्यकालका लागि एडीबी गएका डा. सुवेदीलाई सरकारले एक बर्ष पछि नै फिर्ता बोलायो ।

ओली सरकार सुवेदीलाई फिर्ता बोलाउनेमा मात्र अडिएन । अघिल्लो वर्ष नै घोषणा भएको पदक फिर्ता लिने निर्णय पनि गर्यो । अघिल्लो वर्ष पदक पाउनेलाई यो पटक शुसोभन गरिएको छ । जसमा सुवेदीको नाम काटिएको थियो ।


क्लिकमान्डु