राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीले भने–बिम्स्टेक क्षेत्रीय संगठन जोड्ने पुल हो



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) दक्षिण एशिया र दक्षिण पूर्वी एशियाजस्ता संगठन जोड्ने पुल भएको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनमा भाग लिन आउनुभएका बिम्स्टेक राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग औपचारिकरुपमा गहन छलफल भएको बताए ।

उनले बिम्स्टेकको चौथो शिखर सम्मेलन दूरगामी निर्णय गर्दै कूशलतापूर्वक सम्पन्न भएको बैठकलाई जानकारी गराए । बिम्स्टेक सम्मेलन काठमाडौँमा यही भदौ १४ र १५ गते १८ बुँदे घोषणपत्र जारी गर्दै सम्पन्न भएको थियो ।

प्रधानमन्त्री ओलीले सबै पक्षलाई मिलाएर सफलतापूर्वक कूटनीतिक ढङ्गले बिम्स्टेक सम्मेलन गर्नसकेकामा सो श्रेय सम्पूर्ण नेपालीलाई उपलब्ध भएको जानकारी दिए ।

उनले बिम्स्टेक सम्मेलन सफल पार्न योगदान दिनुहुने तीनै तहका सुरक्षा निकाय बौद्धिक वर्ग, कर्मचारी, पत्रकारलगात सबै पक्ष धन्यवादको पात्र थिए म उनीहरुको मुक्तकण्ठले प्रशंसा गर्छु भने ।


क्लिकमान्डु