४ अंकले बढ्यो नेप्से, ५२ करोडको कारोबार



काठमाडौं । यो साता कारोबारको पहिलो दिनबाटै बढ्न थालेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आजपनि बढेको छ । आज नेप्से परिसूचक ३.९८ अंकले बढेको हो । ०.३३ प्रतिशत कारोबार हुदाँ परिसूचक १२१०.२४ बिन्दुमा पुगेको हो ।

आज सेयर बजारमा १७२ कम्पनीले कारोबार गरेका छन् । १७ लाख ५५ हजार ५ सय ८७ कित्ता सेयर किनबेच हुँदा ५२ करोड १९ लाख २२ हजार ५ सय ७२ रुपैंयाको कारोबार भएको छ ।

आज ६ सूचक हरियो तथा ४ सूचक रातो छन् । बैंक ६.०४, होटल १६.०९, विकास बैंक ६.३६, वित्तीय ०.१९, निर्जीवन बीमा २.३, अन्य ०.९५ अंकले बढेका छन् ।

जलविद्युत ९.८, उत्पादनमूलक ०.७८, माईक्रोफाइनान्स ०.२३, जीवनबीमा ०.५४ अंकले घटेका छन् ।

काबेली विकास बैंकका लगानीकर्ताले ९.२६ प्रतिशतले सबैभन्दा धेरै कमाई गरेका छन् । यस्तै, अरुण काबेली पावरका लगानीकर्ताले ३.९८ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।


क्लिकमान्डु