मिर्मिरे लघुवित्तले शिलबन्दी बोलपत्रद्वारा सेयर बिक्री गर्ने



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले शिलबन्दी बोलपत्रद्वारा सेयर बिक्री गर्ने जनाएको छ । संस्थाले सर्वसाधारण तर्फको ९ हजार ७ सय ५३ कित्ता सेयर बिक्री गर्ने भएको हो ।

गत असार २७ गतेदेखि साउन २९ गतेसम्म संस्थाले हकप्रद सेयरको बिक्री खुल्ला गरी आवेदन माग गरेको थियो । सोही बेला अपेक्षा अनुरुप आवेदन नपरेकाले नै बोलकबोल प्रक्रियामा सेयर बिक्री गर्ने लागेको संस्थाले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक व्यक्ती, कम्पनी, संघ, संस्थाहरुले आगामी असोज ४ गते भित्र प्रति कित्ता कति रेटमा लिन चाहेको, सो उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्ने छन् ।

काठमाडौं उपत्यकाभित्र र उपत्यका बाहिरका विभिन्न स्थानबाट बोलपत्र प्राप्त गर्न तथा दरखास्त बुझाउन पाइने व्यवस्था रहेको छ ।

उपत्यका भित्र एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट तथा शाखा कार्यालयहरु लालदरबार तथा लगनखेल ललितपुरमा सम्पर्क गर्न सकिने छ ।
यस्तै, चिप्लेढुङ्गा पोखरा, ट्राफिकचोक बुटबल, आदर्शनगर बीरगंज र गोल्छाचोक विराटनगरमापनि सम्पर्क गर्न सकिने छ ।

साथै, सुर्खेत, नेपालगन्ज, नारायणगढ र धनगढीमा रहेका नेपाल इन्भेष्टमेन्ट बैंककका शाखा कार्यालयहरुमा सम्पर्क गर्न सकिनेछ ।

यसरी नै मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड बनेपा ८ काभ्रेपलान्चोकमा समेत सम्पर्क गर्न सकिने बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशिकाको प्रावधानलाई आधार मानेर बोलकबोल बढाबढ गरी सेयर बिक्री गर्ने लागेको हो ।


क्लिकमान्डु