आइसिएफसि फाइनान्सको सेयरधनी दर्ता पुस्तिका बन्द हुने



काठमाडौं । आइसिएफसि फाइनान्सले सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । असोज ९ गते फाइनान्सको पन्ध्रौं बार्षिक साधारण सभा हुन लागेकोले सेयरधनी पुस्तिका बन्द गर्न लागिएको हो ।

भदौ २७ गतेदेखि असोज ९ गतेसम्म संस्थाको सेयर नामसारी, दाखिल, खारेज बन्द हुनेछ ।

साथै, संस्थाले वितरण गर्ने लाभांसको विवरण समेत उल्लेख गरेको छ । विवरण अनुसार नगद लाभांस कम्पनीको चुक्तापूँजीको ८ प्रतिशत दिने भएको छ । सो लाभांस नगदमा ७ करोड ५ लाख ७३ हजार ७ सय ९२ रुपैयाँ हो ।

फाइनान्सको चुक्तापूँजी ८८ करोड २१ लाख ७२ हजार ४ सय रुपैयाँ रहेको कम्पनी सचिव सुनिल पन्तले जानकारी दिए ।


क्लिकमान्डु