बालाजु सबस्टेशनको ट्रान्सफर्मर अझै बनेन, बिद्युत प्राधिकरणले क्षमा माग्यो




काठमाण्डौ । यही भदौ १६ गते बेलुका करिब ७ बजेदेखि बालाजु सबस्टेशनमा रहेको २ थान २२.५ एम भि ए को ट्रान्सफर्मर मध्ये एउटामा समस्या आएपछि विद्युत अनियमित भएको छ ।

ती ६१ नम्बरको ट्रान्सफर्मरमा प्राविधिक समस्या आई बन्द रहेकोले बालाजु सबस्टेशनबाट वितरण गरिएका धर्मस्थली, विष्णुमती, नागार्जुन, महाराजगञ्ज-१, महाराजगञ्ज-२, टेकु-१, बि आई डि-१, बि आई डि-२, नयाँ बजार फिडरहरुबाट विद्युत सेवा नियमित हुन नसकेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

बिद्युत आपूर्ति नियमित हुन नसकेकोप्रति सूचना प्रकाशित गरी नेपाल विद्युत प्राधिकरणले क्षमा मागेको छ । साथै उक्त ट्रान्सफर्मर यथासक्य चाँडो मर्मत गरी विद्युत सेवा सुचारु गर्ने नेपाल विद्युत प्राधिकरण प्रतिबद्ध रहेको जनाइएको छ ।


क्लिकमान्डु