दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम बढेर ५४ करोड पुग्यो




काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा वृद्धि भएको छ । लामो समयपछि दोहोरो अंकले परिसूचक बृद्धि भएको हो ।

निरन्तर घटिरहेको नेप्से यो साताको पहिलो दिनबाट नै उकालो लाग्न थालेको छ । यसकारण लामो समयदेखि निराश रहेका लगानीकर्ताहरु नेप्से परिसूचक बढ्न थालेपछि उत्साहित हुन थालेका छन् ।

यसैक्रममा आज परिसूचक १५.९८ अंकले बढेको हो । १.३४ प्रतिशतको कारोबार हुँदा परिसूचक १२०६.२६ बिन्दुमा पुगेको छ ।

आज सेयर बजारमा १६९ कम्पनीले कारोबार गरे । १८ लाख ९८ हजार ३ सय ५ कित्ता सेयर किनबेच हुँदा ५४ करोड ६० लाख २१ हजार ७ सय १९ रुपैंयाको कारोबार भएको छ ।

होटल समूह र अन्यको सूचक मात्र रातो देखिएका छन् । होटल २.२६ अंकले घटेको छ भने अन्य ०.३ अंकले घट्यो ।

बैंक १५.६९, विकास बैंक १२.७२, जलविद्युत १९.९८, वित्तीय ४.५, निर्जीवन बीमा ९६.६६, उत्पादनमूलक समूह ९३.२, माइक्रोफाइनान्स ३.३ र जीवन बीमा ७२.७८ अंकले बढेका छन् ।

लक्ष्मी बैंकका लगानीकर्ताले ९.९६ प्रतिशतले सबैभन्दा धेरै नाफा कमाएका छन् ।
यस्तै, नाग्दी गु्रप पवरका लगानीकर्ताले ७.९५ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरका छन् ।


क्लिकमान्डु