नेप्सेमा धेरैपछि हरियाली, अहिलेसम्म २२.९३ अंकले बढ्यो



काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हरियाली छाउन थालेको छ । अहिलेसम्म नेप्से परिसूचक २२.९३ अंकले बढेको छ । नेप्से परिसूचक १२१३ बिन्दुमा आएको छ ।

अहिले साढे १ बजेको हाराहारीमा देखिएको बजारको यस्तो अपत्यारिलो सूचकमा १५९ कम्पनीले कारोबार गरेका छन् । ८ लाख ९५ हजार ८ सय ९६ कित्ता सेयर समेत किनबेच भइसकेको छ । यस्तै कारोबार रकम भने ३० करोड ३५ लाख ५९ हजार ३ सय १७ रुपैयांको कारोबार भएको छ ।

अहिले नेप्सेका सबै सूचक हरियो छन् । बैंक १८.३६, होटल ३८.८८, विकास बैंक २८.१, जलविद्युत १९.९२, वित्तीय ४.६२, निर्जीवन बीमा १२३.१, उत्पादनमूलक समूह ८३.९४, अन्य २.७७, माइक्रोफाइनान्स १५.२१, जीवन बीमा १४६.७७ अंकले बढेका छन् ।

आज बजार बढेको बेलामा लक्ष्मी बैंकका लगानीकर्ताले ९.९६ प्रतिशतले सबैभन्दा धेरै कमाई गरेका छन् ।


क्लिकमान्डु