नेशनल लाइफको हकप्रद सेयर भर्ने समय भदौ १९ गतेसम्म



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद साधारण सेयर भर्ने समय अब २ दिन मात्र बाँकी रहेको छ ।

कम्पनीले गत असार २१ गतेसम्म कायम साविक शेयर धनीहरुका लागि १० कित्ता बराबर नयाँ ६ कित्ताको अनुपातमा सेयर निष्काशन गरेको थियो ।
प्रतिकित्ता सयका दरले ९९ लाख ३६ हजार ४ सय ७७ दशमलव ५० कित्ता सेयर बिक्री खुला गरिएको हो ।

गत साउन १ गतेदेखि निष्काशन गरिएको हकप्रद साधारण सेयरका लागि भदौ १९ गतेसम्म आवेदन दिन सकिने धितोपत्र निष्काशक तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।


क्लिकमान्डु