किन बढ्दैछ एनआइसी एशिया बैंकको सेयर मूल्य ?




काठमाडौं । भदौ १० गते प्रतिकित्ता ३१३ रुपैयाँ रहेको एनआइसी एशिया बैंकको सेयर मूल्य त्यसको ठीक एक सातापछि अर्थात भदौ १७ गते ३५९ रुपैयाँमा कारोबार बन्द भयो ।

एक साताको बीचमा एनआइसी एसिया बैंकको सेयर मूल्य प्रतिकित्ता ४६ रुपैयाँले बढेको छ ।

अझ १२ चैत २०७४ को बजार मूल्य हेर्ने हो भने उसको सेयर मूल्य निकै बढेको देखिन्छ । सो दिन एनआइसी एशियाको सेयर मूल्य प्रतिकित्ता २९८ रुपैयाँमा कारोबार बन्द भएको थियो ।

सेयर बजार अझै पनि बढ्ने मुडमा देखिदैन । तर, एनआइसी एशिया बैंकको सेयर मूल्य एक सातामा ४६ रुपैयाँले बढ्दो । बढ्दो बजार भएको बेलामा यसरी कुनै कम्पनीको सेयर मूल्य बढेको भए सामान्य रुपमा नै लिन सकिन्थ्यो । तर घट्दो नभएपनि स्थीर रहेको बजारमा उसको सेयर मूल्य किन बढिरहेको छ भन्ने प्रश्न आम लगानीकर्ताको छ ।

एनआइसी एशिया बैंकले गत आर्थिक बर्षको नाफाबाट ११ प्रतिशत बोनस दिने हल्ला सार्बजनिक भएको छ । यही बोनसले पनि केही लगानीकर्तालाई तानेको हुन सक्ने आकलन गरिएको छ । तर, ११ प्रतिशतको बोनस खासै धेरै भने होइन ।

पछिल्लो समय ब्रोकर नम्बर ५८, २८ र ४५ बाट सो बैंकको सेयर बढी मात्रामा उठाइएको छ ।

केही लगानीकर्ताहरु भने बैंकको कुनै आन्तरिक सुचना चुहिएको र त्यो सुचना लगानीकर्ताका लागि सकारात्मक रहेको अनुमान गर्छन् । तर, केही लगानीकर्ताहरु भने एनआइसी एशिया बैंकको सेयर मूल्य ३६० रुपैयाँ कटेपछि विक्री गर्ने बताउँछन् ।


क्लिकमान्डु