नेप्से परिसूचक र कारोबार दुबै बढ्यो



काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा वृद्धि भएको छ । नेप्से परिसूचक ८.५९ अंकले बढेको हो । ०.७३ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११९०.२८ बिन्दुमा पुगेको हो ।

आज सेयर बजारमा १६४ कम्पनीले कारोबार गरेका छन् । ९ लाख ६० हजार ७ सय १४ कित्ता सेयर किनबेच हुँदा ३० करोड २५ लाख ९७ हजार २ सय १ रुपैंयाको कारोबार भएको छ ।

आज नेप्सेको ३ सूचक रातो देखिएका छन् ।

बैंक ११.१४, होटल ३२.११, विकास बैंक १३.५२, जलविद्युत ५.१३, वित्तीय ०.९४, निर्जीवन बीमा २९.४३, माइक्रो फाइनान्स १०.१४ अंकले बढेका छन् ।

उत्पादन मूलकसमूह ०.७५, अन्य १.९ र जीवन बीमा १.०८ अंकले घटेका छन् ।
एनआईसी एशिया बैंकका लगानीकर्ताले ५.५९ अंकले सबैभन्दा धेरै कमाई गरेका छन् । यस्तै, सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३.३१ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।


क्लिकमान्डु