गत बर्ष थपियो ६३ करोड कित्ता सेयर




काठमाडौं । गत आर्थिक बर्ष नेपाली पुँजी बजारमा करिब ६३ करोड कित्ता भन्दा बढी सेयर थपिएको छ । सुचिकृत कम्पनीहरुले दिएको बोनस, हकप्रद र एफपीओ सेयर यसरी थप भएको हो ।

गत आर्थिक बर्षमा विभिन्न ५५ कम्पनीका गरेर २५ करोड ७० लाख ४१ हजार ८ सय ८६ कित्ता राइट सेयर सूचीकृत भएका छन् ।

यसरी नै बोनस सेयर तर्फ भने १ सय १२ कम्पनीका ३३ करोड ८६ लाख ८८ हजार ८ सय १९ कित्ता सेयर सूचीकृत भएका छन् ।

म्युचुअल फण्डको समेत संख्या थप गर्दा सुचिकृत हुने थप सेयरको संख्या १ अर्बभन्दा बढी हुन्छ । म्यूचुअल फन्ड तर्फ भने ४ वटा म्यूचुलय फन्ड स्किमको गरेर ४८ करोड कित्ता सेयर सूचीकृत भएका छन् ।

सिद्धार्थ म्यूचुअल फन्डको १५ करोड कित्ता, सानिमा इक्यूईटी फन्डको १३ करोड, एनआईएशिया ग्रोथ फन्डको १० करोड कित्ता र सिटिजन म्यूचुअल फन्डको १० करोड कित्ता सेयर सूचीकृत भएका छन् ।

एफपिओ तर्फ ११ अर्ब ५१ करोड ४८ लाख ४८ हजार १ सय ५४ रुपैंया बराबरको ३ करोड ५२ लाख ७९ हजार ४ सय १२ कित्ता सेयर सुचीकृत भएका छन् ।

नेपाल ग्रामीण विकास बैंकको प्रतिकित्ता सयका दरले ९ करोड ७५ लाख रुपैंया बराबरको ९ लाख ७५ हजार कित्ता एफपीओलाई बोर्डले अनुमति दिएको हो ।

प्रीमीयर इन्स्योरेन्स कम्पनी नेपालको प्रतिकित्ता ७ सय ९९ का दरले ५२ करोड ७९ लाख ९२ हजार ४ सय ३५ रुपैंया बराबरको ६ लाख ५९ हजार ५ सय ६५ कित्ता एफपीओ जारी गरेको थियो ।

धितोपत्र बोर्डले दिएको जानकारी अनुसार बुटवल पावर कम्पनीको प्रतिकित्ता ५ सय १ का दरले २ अर्ब ४४ करोड ५ लाख ८१ हजार रुपैंया बराबरको ४ लाख ८१ हजार कित्ता एफपीओ गत आर्थिक बर्ष थपिए ।

एनएमबि बैंकको प्रतिकित्ता ३ सय ३३ का दरले ३ अर्ब ८० करोड १२ लाख ४९ हजार २ सय ७९ रुपैंया बराबरको १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता एफपीओ पनि गत आर्थिक बर्षमा थपिएका थिए ।

नेपाल बैंकको प्रतिकित्ता २ सय ८० का दरले ४ अर्ब ९५ करोड १७ लाख ६० हजार २ सय ४० बराबरको १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्तालाई बोर्डले अनुमति दिएको हो ।


क्लिकमान्डु