जलश्रोत मन्त्रालयको हटलाइनमा यस्ता गुनासा आउँछन्



काठमाडौं । जलश्रोत, उर्जा तथा सिचाई मन्त्रालयले जनताका गुनासा सिधै सुन्नका लागि हटलाइन सेवा शुरु मन्त्रालयमा गुनासो आउने क्रम बढेर गएको छ । उर्जामन्त्री वर्षमान पुनसँग सिदै आफ्नो गुनासो राख्नका लागि ११५१ हटलाईन सेवा सुरु गरिएको छ ।

हटलाइन शुरुभए लगत्तै विभिन्न ठाउँबाट गुनासाहरु आउन थालेका छन् । यसैक्रममा भोजपुर षडानन्द गाउपालिका कूराकाउली गाविसबाट भेषराजले २०६४ सालमा पोल गाडेको हालसम्म बिजुली पुगेको छैन ३\४ किलो मिटर तार तान्नु पर्ने कुरा उर्जामन्त्री पुन समक्ष सिधै राखेका छन् ।

उनको गुनासोप्रति मन्त्रालयले भोजपुरको वितरण केन्द्रका प्रमुखलाई फलोअप गर्न निर्देशन दिएको छ ।

यस्तै, दाङ तुलसिपुरबाट भद्र नकलले तारहरु लथालिङ्ग भएको र नगरपालिकामा बत्ती जादा फोन नउठ्ने र उठिहालेपनि राम्रो रेसपोन्स नगर्ने गुनासो गरेका हुन् । उनको गुनासोलाई ध्यानमा राख्दै तुल्सीपुर वितरण केन्द्रका केन्द्र प्रमुखलाई फलोअपको निर्देशन दिइएको छ ।

त्रिपुरासुन्दरी गाउपालिकाका ३ सिन्धुपालचोकका आदित्य पहरीले पुराना काठको पोलहरु फर्र्नु पर्ने अवस्था रहेको गुनासो गरेका छन् । जसका कारण असुरक्षित महशुस भई स्टिलको पोल बदली गरिदिन अनुरोध गरेका छन् ।

भिमदत्त नगरपालिका कञ्चनपुरबाट पुष्पराज पन्तले नगरपालिकाले लगाएको सडकबत्ती २ महिना नहुँदै बिग्रिएको गुनासो गरेका छन् ।

यस्तै चन्द्रागिरी ९ मच्छैगाउँका उत्तम सेढाईले काठको पोल र नाङ्गो तार हटाउनको लागि नयाँ लाइन बनाइसकेको, तर नयाँ लाइन सञ्चालन नगरी पुरानै बाट लाइन प्रसारण भइरहेको गुनासो गरे । उनले नयाँ लाइन सञ्चालनका लागि २०७४ मंसिरमा निवेदन दिएको, तर अझै काम नभएको बताए ।

यो गुनासोमा मन्त्रालयले किर्तिपुर बितरण केन्द्रका प्रमुखलाई निर्देशन दिएको छ ।


क्लिकमान्डु