मोदी ! आइसियुमा पुगेको रुपैयाँ बचाउ



सन् २०१४ को निर्वाचन र्याली भारतमा प्रधानमन्त्रीको कुर्चीमा थिए मनमोहन सिंह ।

भारतीय जनता पार्टीले प्रधानमन्त्रीको उम्मेद्वार तत्कालिन गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीलाई बनाउने घोषणासँगै चुनावमा होमियो । त्यो बेला मोदीले सिंहलाई लगाउने आरोप मध्येमा एक थियो ‘रुपैयाँ आइसियुमा छ,प्रधानमन्त्री के गर्दैछन्।’

नेपालले भारतसँग स्थिर विनिमयदर अपनाएको हुँदा भारतीय मुद्रामा आउने उतारचढावको असर नेपाली रुपैयाँमा पर्छ । भारतीय रुपैयाँ अहिलेसम्मकै कमजोर स्थितीमा पुगेपछि नेपाली रुपैयाँपनि कमजोर स्थितीमा पुगेको छ ।

शुक्रबार नेपाली बजारमामा एक अमेरिकी डलर खरिद गर्नको लागि ११३ रुपैयाँ ४९ पैसा लाग्छ । यो अहिलेसम्मकै उच्च हो । स्थिर विनिमयदर अपनाएपछि भारतीय रुपैयाँ कमजोर भएपछि स्वभाविक रुपले नेपाली रुपैयाँ कमजोर हुन्छ ।

शुक्रबार भारतीय रुपैयाँपनि अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । एक डलरको लागि भारतीय नागरिकले ७१ भारु खर्च गर्नुपर्छ ।

भारतीय रुपैयाँ अहिलेसम्मकै कमजोर स्थितीमा छ । एशिया प्रशान्त क्षेत्रमा पनि भारतीय रुपैयाँ कमजोर भएको छ ।

टर्की अहिले अमेरिकी डलर बलियो हुनुको एउटा विश्वव्यापी कारण हो । तर,भारतको टर्कीसँग ठूलो व्यापार छैन । आर्थिक विश्लेषकहरु भारतीय रुपैयाँ कमजोर हुनुको पछाडि व्यापार घाटालाई प्रमुख कारणको रुपमा मानेका छन् ।

भारतीय कम्पनीको बढेको विदेशी खर्चलाई पनि रुपैयाँको गिरावटको एउटा कारणको रुपमा मानिएको छ ।

अमेरिकामा ब्याज दरको बृद्धिसँगै विश्वका सबै ठूला बजारमा पुँजी निकल्ने चुनौती बढेको छ । जुन देशमा चालु खाता घाटा बढी छ त्यो देशमा समस्या बढी छ ।

चालु खाताघाटा र व्यापारघाटा सन्तुलन निर्भर रहेको हुन्छ । व्यापार सन्तुलनको मतलब कुनैपनि देशको आयात र निर्यातको सन्तुलन भन्ने बुझिन्छ ।

कच्चा तेलको मुल्यको घट्ने तत्काल कुनै सम्भावना छैन । यस्तोमा भारतीय रुपैयाँको सुधारमा हुने अपेक्षा निकै नै कम छ ।

कच्चा तेलको मुल्य प्रतिब्यारेल ७० अमेरिकी डलरकै आसपासमा हुने छ । भारतको चालु खाता घाटा जिडिपीको २.५ प्रतिशत छ । यो पछिल्लो ६ वर्षकै उच्च हो ।

यदी कच्चा तेलको मुल्य ९० प्रतिडलर ब्यारेल पुग्यो भने भारतको चालु खाता घाटा बढेर ३.६ प्रतिशत पुग्ने छ ।

भारतको विदेशी मुद्रा सन्चितीमा सुधार भएको छ । इस्च्यिुट फर इन्टरनेशल फाइनान्सिङ(आईआईएफ)का अनुसार भारतको विदेशी मुद्रा सन्चिती १० महिनाको आयात धान्न सकिने गरेर रहेको छ । यसको साथै भारतको जिडिपीको आधारको अनुपातमा विदेशी कर्जाको अनुपात कम छ ।

भारतमा आयातको बृद्धिदर रोकिने स्थिती छैन । बिहीवार एक डलर बराबर ७०.८५ रहेको रहेको छ । यो ७१ सम्म पुगेको छ । यो अहिलेसम्मकै कमजोर अवस्था हो ।
यो वर्षको सुरुवातमा नै भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा १० प्रतिशत घटेको छ । ७२ सम्म डलर पुग्नसक्छ ।

विश्व बजारमा नै डलरको तुलनामा अरु मुद्रा कमजोर भएका छन् । टर्कीको लिरा अहिलेसम्मकै कमजोर स्थितीमा छ ।

भारत विश्वमा सबैभन्दा बढी तेल आयात गनेृ देशमा पर्छ । यदी तेलको मुल्य बढेमा यसको सिधा असर विदेशी मुद्रा सन्चितीमा पर्छ ।

इरानमा अमेरिकाले लगाएको प्रतिबन्धको कारण भारतले इरानबाट तेल आयात बन्द गरेको छ । इरानसँग भारतले भारतीय रुपैयाँ तिरेर पनि तेला आयात गर्ने सुविधा थियो । इरानबाट तेल आयात नगर्नुपनि कुनै झड्काभन्दा कम छैन ।

जुनमा भारतको चालु खाता घाटा १६ अर्ब डलरसम्म पुगेको छ । यो पछिल्लो ५ वर्षसम्मकै उच्च हो । १ अमेरिकी डलरले ७० भारुको रेकर्ड तोड्नु भारतीय मुद्राको एउटा मनोवैज्ञानिक आंकडा थियो । योभन्दा माथि जानु चिन्ताको विषय हो ।

मोदीले सन् २०१४ को निर्वाचनको समयमा भारतीय मुद्राको घट्दो मुल्यलाई पनि चुनावी मुद्दा बनाएका थिए । सन् २०१३ मा रुपैयाँमा गिरावट आएको थियो । मोदीले त्यो बेला भारतीय मुद्रा आईसीयुमा पुगेको छ । अहिले मोदी प्रधानमन्त्री छन् तर,चुपचाप । बिबिसीको हिन्दीको सहयोगमा


क्लिकमान्डु