इन्धन आयात घटाउने भारतीय रणनीति, जनतालाई इन्डक्सन र कुकर वितरण गर्ने



काठमाण्डौ । भारत सरकारले विद्युतीय कुकर र इन्डक्सन चुलो वितरण गर्ने भएको छ । इन्धन आयातमा अत्याधिक रकम विदेशीयपछि त्यहाँको सरकारले एलपीजी ग्याँसको खपत कम गर्न विद्युतीय सामाग्री प्रयोग गर्ने भएको हो ।

भारत सरकारको विद्युत मन्त्रालयले सन् २०१९बाट विद्युतको पहुँचमा रहेका परिवारलाई सस्तो मूल्यमा विद्युतीय चुलो इन्डक्सन र विद्युतीय कुकर वितरण गर्ने भएको छ ।

पहिलो चरणमा भारत सरकारले विद्युतको पहुँच भएका ग्रामीण इलाकामा यस्तो चुलो र कुकर वितरण गर्ने बताएको छ । ग्रामीण इलाकामा ग्याँस महङ्गो पर्ने र दाउरापनि पर्याप्त मात्रामा उपलब्ध हुँदैनन् । त्यसकारण भारत सरकारले यो कार्यक्रम ल्याउन लागेको बुझिएको छ ।
(एजेन्सीहरुको सहयोगमा)


क्लिकमान्डु