माथिल्लो तामाकोशीको आइपीओ भर्ने म्याद एक हप्ता थपियो
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको साधारण सेयर(आइपीओ) भर्ने म्याद एक हप्ताको लागि थपिएको छ ।
स्थानीयबासीको भीड अत्याधिक भएकाले दोलखाबाट दरखास्त बुझाउने म्यादमा बढाइएको हो । दरखास्त बुझाउने अन्तिम दिन आज एक हप्ताको लागि समय थप गरिएको हो ।
दोलखाबाटै साधारण सेयर भर्ने स्थानीयबासीले भदौ २१ सम्म आवेदन बुझाउन पाउने छन् । काठमाडौंमा बस्दै आएका दोलखाबासीले आवेदन बुझाउन म्याद पनि यसअघि थपिएको थियो ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले स्थानीयवासीका लागि भदौ १६ गतेदेखी साधारण सेयर(आइपीओ) खुलाएको हो । सो आवेदन सय अंकित दरमा १ करोड ५ लाख ९० हजार कित्ता सेयरको लागि खुल्ला गराएको हो ।
आवेदन तथा दरखास्त बुझाउन चाहने दोलखाबासीको लागि न्यूनतम कित्ता ३० रहेको छ भने अधिकतम कित्ता ३ सय रहेको छ ।