साइन रेसुङा बैंकले दिने भयो १८ प्रतिशत बोनस सेयर



काठमाडौं । साइन रेसुङा डेभलपमेन्ट बैंकले १८ प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंकले अहिलेको चुक्ता पुँजी १ अर्ब ३७ करोडमा १८ प्रतिशत बोनस सेयर दिन लागेको हो ।

बोनस सेयर दिएपछि बैंकको चुक्ता पुँजी १ अर्ब ६१ करोड रुपैयाँ हुने छ ।

बैंकले कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश समेत दिन लागेको छ ।


क्लिकमान्डु