आज फेरि घट्यो नेप्से, १९ करोडको कारोबार



काठमाडौं । साताको तेस्रो दिन मंगलबार झिनो अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चौथो दिन आज भने फेरि घटेको छ । नेप्से परिसूचक ४.७९ अंकले घटेको हो । ०.४१ प्रतिशतले घटेर नेप्से परिसूचक ११७२.३० बिन्दुमा पुगेको हो ।

आज सेयर बजारमा १६३ कम्पनीले कारोबार गरेका छन् । ६ लाख ४ हजार ४ सय ३८ कित्ता सेयर किनबेच हुँदा १९ करोड २१ लाख ५६ हजार ३ सय २६ रुपैयाँको कारोबार भएको हो ।

आज नेप्सेको सबै सूचक रातो भएका छन् । बैंक २.४८, होटल २.२६, विकास बैंक ७.९७, जलविद्युत ७.९५, वित्तीय २.१२, निर्जीवन बीमा २८.४, उत्पादनमूलक समूह १७.०६, अन्य ४.५, माइक्रोफाइनान्स ९.६३ र जीवन बीमा ३८.१८ अंकले घटेका छन् ।

बजार घटेको दिनपनि नाग्दी ग्रुप पावरका लगानीकर्ताले ४.१४ प्रतिशतले सबैभन्दा धेरै कमाई गरेका छन् । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.१६ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।


क्लिकमान्डु