आँखुखोला जलविद्युत कम्पनीको साधारण सेयर भर्ने समय ३ दिन बाँकी




काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले धादिङ जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि जारी गरेको साधारण सेयरलाई आवेदन बुझाउन जम्मा ३ कार्यदिन मात्र बाँकी रहेको छ ।

कम्पनीले साउन १७ गतेदेखि १०० अंकित दरमा साधारण सेयरको बिक्री खुल्ला गरेको थियो । ८ लाख कित्ता सेयर बिक्री खुला गरेको हो ।

आयोजना प्रभावित बासिन्दाले ढिलोमा भदौ १५ गते बैकिङ समयसम्ममा आवेदन बुझाउन सक्ने निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।


क्लिकमाण्डू