लामो समयपछि झिनो अंकले बढ्यो नेप्से, १९ करोडको कारोबार



काठमाडौं । लामो समयदेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज १ दशमलव ३७ अंकले बढेको छ । ०.१२ प्रतिशतले बढदा नेप्से परिसूचक ११७७.०९ बिन्दुमा पुगेको हो ।

सेयर बजारमा आज १५४ कम्पनीले कारोबार गरेका छन् । ६ लाख २२ हजार ८ सय १ कित्ता सेयर किनबेच हुँदा १९ करोड ५ लाख १३ हजार ९ सय ९६ रुपैयाँको कारोबार भएको छ ।

बैंक १.८९, होटल १२.२४, विकास बैंक ८.६७, वित्तीय १.४२, निजीर्वन बीमा ५.९४, उत्पादनमूलक १२.२६, माइक्रो फाइनान्स २.९२ अंकले बढेका छन् ।

जलविद्युत ३.०४, अन्य ०.८, जीवन बीमा ३१.०३ अंकले घटेका छन् ।

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३.९४ प्रतिशतले सबैभन्दा धेरै कमाई गरेका छन् ।

यस्तै, सम्मिट माईक्रो फाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.४० अंकले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।


क्लिकमान्डु