प्रेस बिरोधी कानून परिमार्जन गर्न माग




हेडौंडा । प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी भदौ १ गतेबाट लागू भएको कानून परिमार्जन गर्नका सञ्चारकर्मीहरुले माग गरेका छन् ।

नेपाल पत्रकार महासंघ प्रदेश–३ नम्बर प्रदेश समिति र नेपाल पत्रकार महासंघ मकवानपुरले मुलुकी(फौजदारी) संहिता, मुलुकी (देवानी) संहिता २०७४ मा गोपनियताको हक’ विरुद्ध कसुर सम्बन्धि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचनबारे आज हेटौंडमा आयोजना गरेको कार्यक्रममा यस्तो माग गरिएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ तीन नम्बर प्रदेश समितिका अध्यक्ष प्रताप बिष्टले संबिधानमा लेखिएको प्रेश तथा अभिब्यक्ति स्वतन्त्रतामा कुण्ठित गर्न नपाईने बताए ।

पत्रकारका लागि पत्रकार आचार संहिता नै भएकाले प्रेसलाई कडाई गर्ने कानून सच्याउनु पर्ने बताए । कानुन बनाउनु भन्दा पहिले नै पत्रकारसंग छलफल गरेर ल्याइएको भए त्यस्तो समस्या नपर्ने भएपनि पहिले सल्लाह नगरेकाले अहिले समस्या भएको उनले बताए ।

कार्यक्रम महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्ब अध्यक्ष राममणी दाहाल, तीन नम्बर प्रदेश पत्रकार महासंघका महासचिब कृष्ण सारु मगर, अधिबक्ता ध्रुबप्रसाद चौलागाई, जिल्ला बार एसोयिशन मकवानपुरका उपाध्यक्ष ऋषि केबी, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी लगायतकाले प्रेसलाई स्वतन्त्र बनाउनेतर्फ लाग्न सरकारलाई आग्रह गरेका थिए ।


क्लिकमान्डु