भदौ २१ देखि एनआइसी एसियाको ऋणपत्र बिक्री खुल्ने



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ऋणपत्रको बिक्री खुल्ला गर्ने भएको छ । यही भदौ २१ गतेदेखि ऋणपत्रको बिक्री खुल्ने भएको हो ।

छिटोमा भदौ २५ गते निष्काशन बन्द हुने भएपनि ढिलोमा भने असोज १९ गते बैंकिङ समय पश्चात बन्द हुनेछ ।

लगानीकर्ताले दर्खास्त दिनुपर्ने न्यूनतम ऋणपत्र २५ कित्ता रहेको छ । यस्तै, दरखास्त दिनुपर्ने अधिकतम ऋणपत्र १ लाख ८३ हजार कित्ता रहेको छ ।

प्रति ऋणपत्र बापत लगानीकर्ताले दरखास्तका साथ एकमुष्ठ १ हजार रुपैयाँ बुझाउनु पर्ने व्यवस्था रहेको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले जनाएको छ ।


क्लिकमान्डु