माउन्टेन हाईड्रो नेपालद्वारा साधारण सेयर बाँडफाँड



काठमाडौं । माउन्टेन हाईड्रो नेपालले पाँचथर जिल्लाको आयोजना प्रभावित बासिन्दाको निमित्त छुट्याएको साधारण सेयरको बाँडफाँड गरेको छ ।

सो प्रयोजनको निमित्त कम्पनीले अंकित मूल्य १ सयमा १२ लाख ५० हजार कित्ता साधारण सेयर छुटयाएको थियो ।

फिदिम नगरपालिका र हिलिहाङ्ग गाँउपालिकाको लागि ७ लाख ५० हजार कित्ता तथा बाँकी रहेको ५ लाख कित्ता पाँचथर जिल्लाको अन्य बासिन्दाको निमित्त गत असार २२ गतेदेखि साउन २० गतेसम्म आवेदन खुल्ला गरेको थियो ।

भदौ १० गते आईतबार ६ लाख ८३ हजार ८ सय ९० कित्ता साधारण सेयर बाँडफाँड गरिएको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।


क्लिकमान्डु