२.७८ अंकले घट्यो नेप्से, २० करोडको कारोबार



काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक २.७८ अंकले घटेको हो । ०.२४ प्रतिशतले घट्दा परिसूचक ११७५.७२ बिन्दुमा पुगेको हो ।

आज सेयर बजारमा १४६ कम्पनीले कारोबार गरे । ६ लाख ९ हजार २ सय ५७ कित्ता सेयर किनबेच हुँदा २० करोड ५५ लाख ५८ हजार ६ सय ४३ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा एउटा सूचक मात्र हरियो छ । उत्पादन मूलका समूह १४.१७ अंकले बढेको छ ।

बैंक १.०३, होटल ०.०४, विकास बैंक ११.५, जलविद्युत २.०६, वित्तीय १.६१, निर्र्जीवन बीमा ४२.४८, अन्य २.७, माइक्रोफाइनान्स १२.६२, जीबन बीमा १.८८ अंकले घटेका छन् ।

नाग्दी ग्रुप पावरका लगानीकर्ताले ४.१९ प्रतिशतले सबैभन्दा धेरै नाफा व्यहोरेका छन् ।

कर्णाली डेभलपमेण्ट बैंकका लगानीकर्ताले ५.६६ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् ।


क्लिकमान्डु