केरलाका बाढीपीडितलाई एनआरएनए नाइजेरियाको सहयोग



लेगोस, नाइजेरिया । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् नाइजेरियाले छिमेकी राष्ट्र भारतको केरला राज्यमा हालै आएको बाढी पीडितलाई लेगोस स्थित केरला समाजमार्फत राहत रकम हस्तान्तरण गरिएको छ ।

मुख्यमन्त्री राहत कोष, केरलामा जम्मा हुने गरि नाइजेरियन दुई लाख पचास हजार (नेपाली पचहत्तर हजार रुपैयाँ) लेगोसमा एक बिशेष कार्यक्रमबीच हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय समन्वय परिषद् नाइजेरियाका अध्यक्ष जनक बिष्टले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष हिक्मत थापाको उपस्थितिमा उक्त सहयोग रकम केरला समाज नाइजेरियाका अध्यक्षलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा राष्ट्रिय समन्वय परिषद् नाइजेरियाका कोषाध्यक्ष रोहित भाङ्गर, अन्तर्राष्ट्रिय समन्वय परिषद् अफ्रिका क्षेत्रका क्षेत्रीय महिला उपसंयोजक मन थापा, एनसिसि नाइजेरियाका सदस्यहरु आशा श्रेष्ठ सरकार र कृति अग्रवालको उपस्थिति रहेको थियो ।


क्लिकमान्डु