बिदा नदिएपछि मन्त्रीले लगाइदिए राष्ट्र बैंक क्षेत्रीय कार्यालयमा ताला



जनकपुर । प्रदेश सरकारले दिएको बिदा नदिएपछि २ नम्बर प्रदेशका मन्त्रीले नेपाल राष्ट्र बैंकको जनकपुर क्षेत्रिय कार्यालयमा ताला लगाइदिएका छन् ।

जनैपूर्णिमाको दिन २ नम्बर तथा ७ प्रदेशले बिदा दिएका छन् । विगतमा पनि प्रदेश सरकारले दिने बिदा जिल्ला प्रशासन कार्यालय तथा राष्ट्र बैंकका शाखा र बैंक तथा वित्तीय संस्थाको शाखामा बिदा भएको थियो ।

२ नम्बर प्रदेशका कानूनमन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकको जनकपुर क्षेत्रिय कार्यालयमा ताला लगाइदिएका हुन् ।

प्रदेश कार्यालयले दिएको बिदा नदिएपछि ताला लगाउनुपरेको प्रतिक्रिया कानूनमन्त्रीले दिएका छन् ।

प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरेर भदौ १० गते रक्षा बन्धन तथा जनै पूर्णिमाको विदा घोषणा गरे पनि संघीय सरकार मातहतका कार्यालयहरुले अवज्ञा गर्न थाले पछि प्रदेश सरकार आक्रमक भएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्री यादव आफै जनकपुर स्थित नेपाल राष्ट्र बैंकको कार्यालय पुगेर तालाबन्दी गर्दै साँचो आफनो नियन्त्रणमा लिएका छन् ।

संविधानले प्रदेश सरकारलाई विदा दिने अधिकार दिए पनि संघीय सरकार मातहतका कार्यालयहरुले अटेरी गरे पछि बाध्य भएर तालाबन्दी गर्नु परेको मन्त्री यादवले बता्रए । उनले प्रदेश सरकारको निर्णयलाई अटेरी गर्ने जुन सुकै कार्यालयमा तालाबन्दी गर्ने देखी लिएर कानूनी उपचार समेत खोजिने बताए ।

राष्ट्र बैंक केन्द्र सरकार अन्तर्गतको निकाय हो । प्रदेश सरकारले दिने बिदामा विवाद बढ्ने देखिएको छ ।


क्लिकमान्डु