दक्षिण एसियाली जलश्रोत क्षेत्रीय कार्यशाला काठमाण्डौमा, विधार्थीको निश्कर्ष के आउला ?



काठमाण्डौ । विभिन्न पाँंच देशका विद्यार्थी सहभागी पहिलो दक्षिण एसियाली जलश्रोत क्षेत्रीय कार्यशाला गोष्ठी शुक्रबारदेखि नेपालमा सुरु भएको छ ।

नेपालसहित वंगलादेश, भारत, श्रीलंका र क्यानेडेली विद्यार्थी सहभागी गोष्ठी राजधानीमा सुरु भएको हो ।

बंगलादेश, भारत, नेपाल र श्रीलंकाली विद्यार्थी सहभागी बंगलादेश युनिभर्सिटी अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी, अन्न युनिभर्सिटी भारत, नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुर र युनिभर्सिटी अफ पेरादेनिया श्रीलंकाका विश्वविद्यालयहरुमा एमएसी अन्तरविधा जलश्रोत व्यवस्थापन अध्ययनरत छात्रा विद्यार्थी सम्मिलन क्षेत्रीय कार्यशाला सुरु भएको हो ।

नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले जलश्रोतको क्षेत्रमा महिलाहरुको नेतृत्वलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो पटक नेपालमा यस्तो कार्यशाला गोष्ठी भएको जनाए । उनका अनुसार प्रत्येक वर्ष हुने कार्यशाला गोष्ठी क्रमशः भारत, श्रीलंका र बंगलादेशमा हुनेछ ।

कार्यशाला गोष्ठीको क्रममा विभिन्न विशष विशेषज्ञहरुको लेक्चर, काठमाडौंको साँंखुमा ओरेन्टेशन, प्रस्तुति हुने जनाइएको छ । गोष्ठीमा झण्डै दुई दर्जन विद्यार्थी तथा प्राध्यापकहरु सहभागी छन् । गोष्ठी दुईहप्तासम्म चल्नेछ ।


क्लिकमान्डु