यो साता १७.७९ अंकले घट्यो नेप्से, कारोबार रकममा झण्डै १८ प्रतिशतले गिरावट




काठमाण्डौ । यो साताका पाँचै दिन नेप्से परिसूचकमा गिरावट आएको छ । भदौ १ गते आइतबारदेखि ७ गते विहीबारसम्म नेप्से सूचक उकालो लाग्नै सकेन । सातभरी नै सेयर लगानीकर्ताहरु निराश भए ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यो साता १८५ कम्पनीहरुको कारोबार भयो । जस अनुसार १६६२० कारोबारबाट एक अर्ब १७ करोड ७५ लाख ७१ हजार रुपैयाँ बराबरका ४४ लाख २१ हजार नौ सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।
कारोबार रकम गत साताको भन्दा १७.८४ प्रतिशत कम हो ।

गत साता १८५ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २२५२० कारोबारबाट एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार रुपैयाँ बराबरका ४५ लाख दुई हजार चार सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७.७९ अंकले घटेर अन्तिम दिन ११७८.५० अंकमा पुगेको छ ।

यसैगरी समूहगत परिसूचकहरुको उतारचढाव यस प्रकार रहेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३.५४ अंकले घटेर २४८.९९ अंकमा आईपुगेको छ ।

यो साता कारोबार रकम (छ करोड ६१ लाख ६० हजार रुपैयाँ) को आधारमा एनएमबि बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (दुई लाख १३ हजार कित्ता) को आधारमा एनएमबि बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (५७९ वटा) को आधारमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । यो साता १२ वटा कम्पनीको सेयर सूचिकृत भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।


क्लिकमान्डु