नेपालको विकास खर्च सुधार्न विश्व बैंकले दियो १ अर्ब ६४ करोड सहयोग



काठमाडौं । नेपालको सार्वजनिक खर्च सुधार गर्नको लागि विश्व बैंकले १ अर्ब ६४ करोड रुपैयाँ सहयोग गरेको छ ।

अर्थमन्त्रालयका आर्थिक समन्वयन महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र विश्व बैंकका नेपाल प्रमुख फरिस हेरिड जिरोफसले हस्ताक्षर गरे ।

नेपालको सार्वजनिक खर्चको सुधारको लागि विश्व बैंकले सहयोग गर्दै आएको छ । सहयोग रकम सार्वजनिक खर्च सुधार रणनीति अन्तर्गत हुने छ । १० वर्षसम्म यो रणनीति चल्ने छ ।

परियोजना अन्तर्गत सार्वजनिक विकास निर्माणको ठेक्का प्रक्रिया यसको खर्च प्रणालीमा सुधार गरिने छ । स्थानीय तह र प्रदेश सरकारले गर्ने खर्च सुधारको लागि रकमको प्रयोग हुने छ ।


क्लिकमान्डु