सेयर निष्काशन गर्न नेपाल पुनर्बीमा कम्पनीले बिक्री प्रबन्धक तोक्यो



काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लि.ले साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्न बिक्री प्रबन्धक तोकेको छ ।

प्रतिशेयर १०० रुपैयाँमा अंकित दरको १६०,००,००० (एक करोड साठी लाख) कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाण्डौलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको हो ।

सो शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा नेपाल पुनर्बीमा कम्पनी लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.रमेश कुमार भण्डारीले हस्ताक्षर गरेका छन् ।

नेपाल पुनर्बीमा कम्पनी लि.को अधिकृत पूँजी १५ अर्व, जारी पूँजी १० अर्व, र चुक्ता पूँजी ८ अर्व ४० करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी१० अर्ब हुनेछ ।

थापाथली, काठमाण्डौमा केन्द्रीय कार्यालय रहेको यस पुनर्बीमा कम्पनीले स्थापनाको छोटो अवधिमै स्वदेशका जिवन तथा निर्जीवन बीमा कम्पनी र बिदेशी बीमा तथा पुनर्बीमा कम्पनीहरुसंग कारोवार गरि आ.ब.२०७४÷७५ अन्त्य सम्म कुल ४ अर्ब पुनर्बीमा शुल्क संकलन तथा ९ अर्ब ४० करोड लगानी गर्न सफल भएको थियो ।
त्यसैगरी आ.ब.२०७३÷७४ मा ६० करोड ७६ हजार खुद नाफा आर्जन गरेको र जगेडा कोषमा १ अर्व ८५ करोड रहेको थियो भने आ.ब.२०७४÷७५ को चौथो त्रैमासिक अवधि सम्ममा अनुमानित १ अर्ब ४० करोड खुद नाफा हासिल गर्न सफल भएको जनाइएको छ ।


क्लिकमान्डु