उपचार पछि काममा फर्किए अरुण जेट्ली, सम्हाले अर्थमन्त्रालयको कार्यभार



नयाँदिल्ली । भारतका राष्ट्रपति रामनाथ कोविन्दले सांसद अरुण जेट्लीलाई अर्थ मन्त्रालय एवं सार्वजनिक संस्थान मन्त्रालयको कार्यभार सम्हाल्न तोकेका छन् ।

अरुण जेट्लीको मृगौला प्रत्यारोपण शल्यक्रियाका कारण विगत चार महिनादेखि रेलमन्त्री पियूष गोयलले अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दै आएका थिए ।

पैंसठ्ठी वर्षीय जेट्लीको गत मे १४ तारिखमा भारतीय आयुर्विज्ञान संस्थानमा मृगौला प्रत्यारोपण गरिएको थियो ।

भारतीय प्रधानमन्त्रीको मन्त्रिमण्डलमा वरिष्ठ मन्त्री समेत रहेका जेट्ली प्रखर वकिल पनि हुन् । रासस\एएनआई


क्लिकमान्डु