राज्यको अर्थतन्त्रमाथि केवल लुटपाट गरियो : पाकिस्तानी प्रधानमन्त्री खान



काठमाडौं । म २२ साल पहिले राजनीतिमा आए । मेरो लागि राजनीति एउटा स्वयमसेवा नै थियो । हामीले दुनियाँलाई नयाँ दिन चाहेका छौ । मैले नेतृत्व गरेको पार्टी पिटिआई जनताको सेवाका लागि स्थापित भएको हो ।

मेरा साथीहरु विगत २२ वर्षदेखि असाध्यै कष्टका साथ साथ दिए । उनीहरुलाई घर परिवार समाजले समेत खिस्सी उडाएका थिए ।

आज पाकिस्तानको ऋण २८ हजार अर्ब रहेको उनको भनाइ छ । विगतका शासकहरुको खराब नियतका कारण दशे दैनिक जर्जर बन्दै गएको उनको टिप्पणी छ । गत दश बर्षमा हाम्रोमा ऋण मात्रै थोपर्ने काम भयो, अरु केही काम भएन, उनले आक्रोश पोखे ।

स्वास्थ्य, शिक्षा तथा जनताको दैनिक जीवनसँग जोडिएका विषयमा कुनै पनि ध्यान दिइएन । २२ औं प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा उनले भने । पाकिस्तानको अर्थतन्त्रको चुनौतीका बारेमा चर्चा गर्दै उनले भने स्वास्थ्य सेवाको अवस्था के छ, चार करोड भन्दा बढी बालबालिका किन विद्यालय जाँदैनन् ? यसको पछाडिको रहस्य के हो ? विगतमा यी समस्याको समाधानमा किन ध्यान दिइएन ? किनकी सरकारमा रहेकाहरुले आफ्ना लागि मात्रै धेरै गरे, न कि जनताका लागि । न कि गरिबका लागि, न त दूरदराजका ती निमुखाहरुका लागि ।

उनले ऋण लिएर व्यक्तिगत सुख सुविधाका लागि खर्च गरिएको र भ्रष्टाचार गरिएको उनको दावी थियो । उनले कर क्षेत्रमा रहेको अव्यवस्थालाई समेत सुधार गरिने बताए ।

प्रधानमन्त्री खानले न्यायालय, शिक्षा, स्वास्थ्यमा परिवर्तन गर्ने, नागरिक सेवामा सुधार गर्ने, ऊर्जा संकट समाधान गर्ने, बेरोजगारलाई रोजगार उपलब्ध गराउने घोषणा गरेका छन् । यस्तै पानीको समस्या समाधानका लागि ठूला बाँधहरु बनाउने पनि उल्लेख गरेका छन् ।

प्रधानमनत्री र मन्त्रीका कार्यालयमा राखिएका सबै विालासी कारहरु बिक्री गरिनेछ । प्रधानमन्त्री कार्यालयमा रहेका ५२४ जना कर्मचारी कटौती गरिनेछ । ८२ वटा कार लिलाम गरिनेछ । यस्तै ३३ वटा बुलेट प्रुफ कार समेत लिलामी गरिनेछ ।

विदेश भ्रमणका क्रममा विगतका प्रधानमन्त्रीले ६५० मिलियन डलर खर्च गरेको उनले बताए । उनको प्रश्न छ त्यत्रो पैसा कहाँ र कसरी खर्च गरियो ? किन त्यत्रो पैसा खर्च भयो ।

यस्तै सभामुखका लागि १६० मिलियन खर्च गरिएको छ । त्यत्रो बजेट किन चाहियो उनलाई ? के उनीहरु मोज मस्तीका लागि विदेश गएका थिए ।

राज्य स्रोतमा जनताले तिरेको करमा लुटपाट गरिएको थियो । अब त्यो हुन दिइने छैन । सरकारी कार्यालय लुटपाटको अखडा जस्तो बनेको थियो । त्यो सबै रोकिनेछ । अनावश्यक सबै खर्च रोकिनेछ ।

कानुन पालना नगर्नेलाई कारवाही गरिनेछ । मात्रै ८ लाखले कर तिरेका छन् । धेरै र ठूला भनिएकालाई ठूलो मात्रामा कर छुट दिइएको छ । ती सबै रोकिने छ।


क्लिकमान्डु