१.४७ अंकले घट्यो नेप्से, कारोबार रकमपनि गिरावट



काठमाडौं । साताको चौथो दिन बुधबारपनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । साताको पहिलो दिनबाट नै घट्न थालेका बजार आजपनि थामिन सकेन ।

आज नेप्से परिसूचक १.४७ अंकले घटेको हो । ०.१२ प्रतिशतले घट्दा परिसूचक ११८२.४२ बिन्दुमा पुगेको हो ।

आज सेयर बजारमा १५३ कम्पनीले कारोबार गरे । ६ लाख ६३ हजार ३ सय ९० कित्ता सेयर किनबेच हुँदा १६ करोड ९२ लाख ९७ हजार ६ सय १५ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेका ३ सूचक हरियो छन् । जलविद्युत ९.६१, वित्तीय १.१९, उत्पादनमूलक २.२ अंकले बढेका छन् ।

बैंक ०.७४, होटल ०.९९, विकास बैंक ०.४६, निर्जीवन बीमा ७.७९, अन्य २.१३, माइक्रोफाइनान्स ०.३८, जीवन बीमा ५६.६ अंकले घटेका छन् ।

गुँरास फाइनान्सका लगानीकर्ताले ३.८१ प्रतिशतले सबैभन्दा धेरै नाफा कमाएका छन् ।

यस्तै, वल्र्ड मर्चेण्ड बैंकिङ एण्ड फाइनान्सका लगानीकर्ताले ३.९२ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।


क्लिकमान्डु