नेप्सेमा ४ करोड ४१ लाख कित्ता सेयर सूचिकृत



काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विभिन्न कम्पनीको बोनस तथा हकप्रद गरेर ४ करोड ४१ लाख ७२ हजार कित्ता सेयर सूचिकृत भएका छन् ।

हकप्रद सेयरतर्फ एनएमबी बैंकको १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्तासेयर सूचीकृत भएको छ । भार्गव विकास बैंकको २१ लाख १२ हजार २ सय कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।

यसैगरी, कर्णाली बिकास बैंकको ३३ लाख ९७ हजार ५ सय कित्ता हकप्रद सेयर सूचीकृत नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यस्तै, बोनससेयर तर्फ सिद्धार्थ बैंकको ९५ लाख ५६ हजार ५ सय ६४ दशमलव शून्य २ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार हाम्रो विकास बैंकको ३ लाख ३४ हजार ८ सय ८८ कित्ता बोनस सेयर सूचीकृत भएको छ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको १ लाख ३८ हजार ६ सय कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यसैगरी, सूर्योदय लघुवित्तको ७६ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । हिमालयन बैंकको १ करोड ६२ लाख २९ हजार ५९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

साथै, कावेली विकास बैंकको ९ लाख १२ हजार ९ सय १२ कित्ता सेयर माउन्ट मकालु डेभलपमेण्ट बैंकसँग एक्वायर भएपश्चात सूचीकृत भएको छ ।


क्लिकमान्डु