नागवेली लघुवित्तको हकप्रद सेयर भर्ने म्याद विहीबारसम्म



काठमाडौं । नागवेली लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको हकप्रद सेयरको दरखास्त बुझाउने म्याद अब १ दिन मात्र बाँकी छ । हकप्रद सेयरका लागि भदौ ७ गतेसम्म दरखास्त बुझाउने सकिने छ ।

लघुवित्तले १०० अंकित दरका ७ लाख ६६ हजार ४ सय ६३ दशमलव १५ कित्ता सेयरको हकप्रद निष्काशन गरेको थियो । संस्थाले असार २१ भन्दा अघिल्लो दिनसम्म कायम सेयर धनीलाई १ बराबर १ को अनुपातमा हकप्रद निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

यसरी गत साउन ४ गतेदेखि निष्काशन भएको सो हकप्रद सेयरलाई यही भदौ ७ गते बैंकिङ् समयसम्म लगानीकर्ताले दरखास्त बुझाउन सक्नेछन् ।

सो अवधि समाप्त भए पश्चात अन्य मिति थप नगरिने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको हो ।


क्लिकमान्डु