४.१८ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट



काठमाडौं । साताको पहिलो दिनबाट घट्न शुरु गरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक निरन्तरता घटिरहेकै छ । परिसूचकमा गिरावट आएसँगै कारोबार रकम पनि घट्दै गएको छ ।

परिसूचक आज ४.१८ अंकले घटेको हो । ०.३५ प्रतिशतले घटदा नेप्से परिसूचक ११८३.८९ बिन्दुमा पुगेको छ ।

आज सेयर बजारमा १६१ कम्पनीले कारोबार गरे । ५ लाख ७० हजार १ सय ७३ कित्ता सेयर किनबेच हुँदा १७ करोड ९५ लाख ५८ हजार ९ सय ३० रुपैंयाको कारोबार भएको छ ।

बजार घटेपनि आज नेप्सेको ४ सूचक हरियो देखिएका छन् । ट्रेडिङ २.९५, निर्जीवन बीमा ४.४७, जलबिद्युत ०.५६ र अन्य १.४१ अंकले बढेका छन् ।

बैंक ५.४१, होटल ८.७६, विकास बैंक ३ं१८, वित्तीय २ं९४, उत्पादन मूलक २२.८५, माइक्रोफाइनान्स १०.३३, जीवन बीमा ०.५१ अंकले घटेका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले ४.८३ प्रतिशतले सबैभन्दा धेरै नाफा कमाएका छन् । गुराँस फाइनान्सका लगानीकर्ताले ४.५४ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।


क्लिकमान्डु